सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ७ चिजमा हुन्छ दुधभन्दा पनि बढी क्याल्सियम !!

बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो । दुधले शरीरको क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ । दुध पक्कै पनि स्वस्थ हुन्छ । तर यसलाई क्याल्सियमको सबैभन्दा राम्रो स्रोत भन्नु गलत हुनेछ । २५० एमएलको गिलासमा करिब ३०० मिलिग्राम क्याल्सियम हुन्छ जसले क्याल्सियमको दैनिक आवश्यकताको २५ प्रतिशत मात्रै पूरा गर्छ । जबकी तपाईंको शरीरलाई दैनिक करिब १०००–१२०० मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ । आउनुहोस् आज यस्ता खानेकुराबारे जानकारी लिऔँ जसमा दुधभन्दा बढी क्याल्सियम पाइन्छ ।

तोफुः

२०० ग्राम तोफुमा करिब ७ मिलिग्राम क्याल्सियम हुन्छ । यो हेर्दा पनिर जस्तो हुन्छ । तपाईं यसलाई सब्जी वा सलादको रुपमा पनि आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसबाहेक तोफुमा प्रोटिन, म्याग्नेसियम र फस्फरोस पनि पाइन्छ ।

World Link Ads
Mahakali Polytechnic

बदामः

एक कप बदाम खाँदा तपाईंको शरीरले करिब ३०० मिलिग्राम क्याल्सियम पाउने गर्छ । तपाईंले बदामलाई विभिन्न रुपमा प्रयोग गर्न सक्नुहुन्छ । बिहानको समयमा भिजाएको बदाम खाँदा तपाईंको शरीरलाई अत्यधिक फाइदा मिल्छ ।

दहीः

एक कप सादा दही खाँदा हाम्रो शरीरले लगभग ३००–३५० मिलिग्राम क्याल्सियम पाउँछ । तपाईं ब्रेकफास्ट, लञ्च वा डिनर कुनै पनि बेला यसको सेवन गर्न सक्नुुहन्छ ।

Sana Kishan

तिलको दानाः

चा चम्चा तिलको दानाले शरीरमा ३५० मिलिग्राम क्याल्सियमको पूर्ति गर्छ । तपाईंले सलादको स्वाद बढाउनका लागि त्यसमा तिल हाल्न सक्नुहुनेछ । यसबाहेक लड्डु वा हलुवामा पनि यसलाई मिसाउन सक्नुहुन्छ ।

काबुली चनाः

काबुली चना मिठो हुने मात्रै होइन, यसले क्याल्सियमको कमी पनि पूरा गर्छ । दुई कप काबुली चनामा करिब ४२० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईं यसलाई मसला करी, मिक्स भेज वा सलादसँग खान सक्नुहुन्छ । काबुली चनामा फाइबर र म्याग्नेसियमको पनि निकै राम्रो मात्रा पाइन्छ ।

चिया सिड्सः

चार चम्चा चिया सिड्स खाँदा शरीरले करिब ३५० मिलिग्राम क्याल्सियम पाउँछ । एक गिलास पानीमा चिया सिड्स मिसाउनुहोस् र त्यसलाई करिब एक घण्टासम्म भिज्न दिनुहोस् । यो पिउँदा तपाईंको शरीरले भरपुर मात्रामा क्याल्सियम पाउँछ ।

कोदोः

कोदोमा पनि क्याल्सियमको निकै राम्रो स्रोत पाइन्छ । सय ग्राम कोदोमा करिब ३४५ मिलिग्राम क्याल्सियम पाइन्छ । कोदोलाई हप्तामा चार पटक मात्रै सेवन गरेको राम्रो । तपाईं कोदोको रोटी, केकलगायतका खानेकुरा बनाएर खान सक्नुहुन्छ । रातोपाटी बट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.