Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भिजाएको चना खानुका फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २१, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धेरैजसो मानिसले कालो चनालाई कुनै न कुनै रूपमा सेवन गरिरहेकै हुन्छन् । धेरैले कालो चनाको दाल पकाएर खाने गर्छन् भने कतिपयले चना भुटेर खान रुचाउँछन् । यसबाहेक कोही मानिसले उसिनेको चना खाने गर्छन् । यसबाहेक चना भिजाएर पनि खान सकिन्छ । भिजाएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । चनामा प्रोटिन, फाइबर, ऊर्जा, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, जिंक, कपर, भिटामिन बी३ र सोडियमजस्ता पोषक तत्व पाइन्छ । यसबाहेक चनामा एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लेमेटरी, एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण पनि पाइन्छ । यदि तपाईंले भिजाएको चना दैनिक खानुभयो भने तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ । भिजाएको चना खाएमा सधैँ स्वस्थ रहन सकिन्छ । भिजाएको चना खाँदा के फाइदा हुन्छ भन्ने बारे जानकारी लिऔँ ।

भिजाएको चना खानुका फाइदा

१. पाचन प्रक्रिया सुधार गर्छ

पाचनशक्ति बलियो बनाउन भिजाएको चना दैनिक खान सकिन्छ । वास्तवमा चनामा फाइबरको मात्रा बढी हुन्छ । फाइबरले आन्द्रा र पेटबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले तपाईंको शरीरलाई डिटक्स गर्छ, पेटसँग सम्बन्धित समस्याहरू पनि समाधान गर्छ । ग्यास, कब्जियत वा अपच जस्ता पाचन समस्या छ भने भिजाएको चना खान सक्नुहुन्छ । ग्यासबाट छुटकारा पाउन भिजाएको चनामा कागतीको रस, जीराको धुलो छर्कन सकिन्छ ।

२. मुटुको स्वास्थ्यको लागि लाभदायी

भिजाएर चना खाँदा मुटुको स्वास्थ्यमा पनि सुधार हुन्छ । चनामा एन्टिअक्सिडेन्ट एन्थोसायनिन्स र फाइटोन्यूट्रिएन्टहरू पाइन्छ । यी सबै तत्वले मुटु र रक्तनलीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसबाहेक चनामा पाइने पोटासियम, फोलेट र म्याग्नेसियम पनि मुटुका लागि फाइदाजनक हुन्छ । मुटु रोग छ भने डाक्टरको सल्लाह पछि मात्र भिजाएको चना खानुहोस् ।

३. तौल घटाउन उपयोगी

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भिजाएको चना खाली पेटमा दैनिक सेवन गर्न सक्नुहुन्छ । चनामा फाइबरको मात्रा बढी हुन्छ । भिजाएको चना बिहान खाएमा लामो समयसम्म भोक लाग्दैन । यसो गर्दा तपाईंले धेरै खानेकुरा खानबाट बच्नुहुनेछ र तपाईंको तौल नियन्त्रणमा रहनेछ । बिहानको खाजामा भिजाएको चना खान सकिन्छ । यसो गर्दा बारम्बार खाने इच्छा कम हुन्छ ।

४. कोलेस्ट्रोल नियन्त्रण गर्छ

भिजाएको चना खाँदा पनि कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न सकिन्छ । कालो चनामा फाइबर धेरै हुन्छ, ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यदि तपाईं भिजाएको चना दैनिक खानुहुन्छ भने, यसले तपाईंको रगतमा चिनी र कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्दछ । तर यदि कोलेस्ट्रोलको मात्रा बढेको छ भने तेलमा चना भुटेर खानु हुँदैन ।

५. रक्तअल्पत्ता हटाउँछ

चनामा फलामको मात्रा धेरै हुन्छ । भिजाएको चना दैनिक खाएमा रक्तअल्पत्ताको समस्याबाट बच्न सकिन्छ किनभने चनामा फलामको मात्रा बढी हुन्छ । फलामले रातो रक्त कोशिकाको उत्पादन बढाउँछ, जसले हेमोग्लोबिनको स्तर बढाउँछ र रक्तअल्पत्ता हटाउँछ । यदि तपाईंले दिनहुँ भिजाएको चना खानुभयो भने, तपाईं दिनभर ऊर्जावान महसुस गर्न सक्नुहुन्छ ।

६. भिजाएको चना महिलाका लागि फाइदाजनक

भिजाएर चना खाँदा महिलाका लागि निकै फाइदाजनक हुन्छ । वास्तवमा, चनामा सेपोनिन नामक फाइटोन्यूट्रिएन्ट हुन्छ, जसले क्यान्सरको जोखिम कम गर्न सक्छ । यसका साथै भिजेको चना खाँदा ओस्टियोपोरोसिसबाट बच्न पनि मद्दत मिल्छ । भिजेको चना खाँदा रजोनिवृत्तिपछिका लक्षणहरू कम गर्न पनि मद्दत मिल्छ । महिलाले आफ्नो समस्या कम गर्न शुद्ध घिउमा भुटेको चना खान सक्छन् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व