सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

199
Sana Kishan

डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

Karnali Traders

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।

Arus

४ वर्षका सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला चिच्याएपछि परिवारका सदस्यले चितुवालाई लखेटेका थिए । भाग्दै गरेको चितुवाले बटालाको घरभन्दा पर गोठालोबाट फर्किदै गरेका सरु, लाली, हसिना र पुष्पालाई आक्रमण गरेको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.