

कञ्चनपुर – कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरले सोमबार एक अजिङ्गरलाई उद्धार गरेको छ ।जिल्लाको बेलौरी नगरपालिका २ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर (पेठोन) फेला परेको उक्त अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरिएको हो ।

सोमबार दिउँसो ३ बजे सडकमा ८ फिट लम्बाई, ७ दशमलव ५ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

उक्त अजिङ्गरलाई प्रहरी र स्थानीयको सहयोगमा लालझाडी राष्ट्रिय वन क्षेत्र पुनर्वास–१० मा छोडिएको यादवले बताए। गोदावरी न्युज बाट सभार
