सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार २ अङ्कले बढ्यो

26
Sana Kishan

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ ।

Arus
Karnali Traders

नेप्से सामान्य बढेको दिन दुई सय ४३ वटा कम्पनीको ३६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा खप्तड लघुवित्त र ओरियन्टल होटलको शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर छ प्रतिशत र नबिल बैंकको शेयर साढे तीन प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.