सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४ महिनामा विदेशबाट ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी भित्रियो

कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो । चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क छ ।

Sana Kishan

यो चार महिनामा सबैभन्दा धेरै आलु आयात भएको छ । चार महिनामा चार अर्ब २५ लाख रुपैयाँको आलु, दुई अर्ब १९ करोड रुपैयाँको प्याज, ३७ करोड रुपैयाँको लसुन, १४ करोड ११ लाख रुपैयाँको गोलभेँडा, साढे सात करोड रुपैयाँको केराउ र चार अर्ब ३७ करोड रुपैयाँको सिमीलगायतका गेडागुडी आयात भएको छ ।

World Link Ads
Mahakali Polytechnic

सरकारले यो वर्ष बजेटमार्फत कृषिजन्य वस्तुको आयातलाई ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । विदेशबाट आउने वस्तुमा कडाइ गर्दा आयातमा कमी आएको छ तर आयातमा कमी आउँदा भन्सार राजस्व भने लक्ष्यअनुसार उठ्न सकेको छैन । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.