Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा के होला ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १६, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको निगम स्रोतले बताएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ। सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ। उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

मंसिर ४, २०८३
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान
अर्थ/ब्यापार

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

मंसिर १, २०८३
लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट
अर्थतन्त्र

लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन

मंसिर १२, २०८३
कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने

कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १२, २०८३
सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

मंसिर १२, २०८३
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

मंसिर १२, २०८३
नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

मंसिर १२, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

मंसिर १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व