सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार आज बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

Sana Kishan

आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ । दुई सय ४१ वटा कम्पनीको ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से परिसूचक बढेको दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ । उज्यालो अनलाइ बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.