Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुघाखोकीमा के छ आयुर्वेदिक उपचार ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर–आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ ।

यस किमिसको ओखती बनाउन धेरै खर्च गर्नुपर्दैन । अस्पताल पनि धाउनुपर्दैन । त्यसमाथि शरीरलाई नकारात्मक असर गर्ने भय पनि हुँदैन । बरु रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

रुघाखोकीमा घरेलु ओखती

धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ ।

रुघाखोकी लागेमा केही यस्ता घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो निकै प्रभावकारी पनि हुन्छ ।

तुलसीको पात, अदुवा र दालचिनीको पेय

तुलसीको पात, मरिच, अदुवा, दालचिनी एकसाथ उमालेर पिउँदा रुघाखोकी निको हुन्छ । यसमा थोरै सक्खर मिसाउन सकिन्छ । यसो गर्दा स्वादिलो पनि हुन्छ ।

यसैगरी मरिच, दालचिनी, अदुवामा बेसार मिसाएर उमालेको पानी पनि यसबेला निकै प्रभावकारी हुन्छ ।

मह, कागती र सुकुमेलको घोल

तातो पानीमा एक चम्चा मह, थोरै सुकुमेलको धुलो मिश्रण गर्ने र त्यसमा कागतीको रस मिसाउनुपर्छ । यस्तो रस दिनमा दुई पटक पिउँदा लाभलायक हुन्छ ।

बेसारयुक्त दूध

तातो दूधमा बेसार मिसाएर पिउँदा पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ ।

अदुवा, ज्वानो र बेसारको घोल

थोरै ज्वानो पानीमा अदुवा र बेसार मिसाएर राम्ररी उमाल्नुपर्छ । त्यो पानी पिउँदा रुघाखोकीमा आराम मिल्छ ।

तोरीको गेडा

एक गिलास तातो पानीमा एक चम्चा तोरीको गेडा उमाल्नुपर्छ । पानी राम्रोसँग उमालेपछि पिउनुपर्छ । तोरीको दानामा पाइने सल्फरले जमेको खकारलाई बाहिर निकाल्न मद्दत गर्छ ।

भिजाएको बदाम

यतिबेला बदामको सिजन पनि हो । एक मुठी बदामलाई रातभर पानीमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर तातो पानीसँग खानु उपयुक्त हुन्छ ।

कस्तो आहार खाने ?

रुघाखोकी हुँदा खानपानमा विशेष ख्याल गरिएन भने यसले थप दुःख दिनसक्छ । त्यसैले आहार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

–तातो र ताजा खाना खाने ।

–पर्याप्त पानी पिउने ।

–झोलिलो खानेकुरा र गेडागुडीमा जोड दिने ।

–सुपमा प्याज र लसुनको प्रयोग प्रभावकारी हुनसक्छ ।

रुुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुरा

–प्रदूषित वातावरण र धुलो माटोमा नजाने ।

–यो संक्रमणको कारणले पनि हुन्छ, त्यसैले संक्रमित व्यक्ति र स्थानबाट टाढा रहनुपर्छ ।

–चिसो खाना र बासीखानाको उपभोग सकेसम्म नगर्ने ।

–चिसो पेय पदार्थ, बरफको पानी, आइसक्रिम, जंक फुड, चिल्लो खानेकुराको सेवन नगर्ने ।

–दूध र दुग्धजन्य पदार्थको सेवन नगर्ने । यसले खोकी लाग्ने समस्या बढाउन सक्छ ।

सामान्य रुघाखोकी एक हप्तामा निको हुन्छ । धेरैमा १० दिन लाग्नसक्छ । तर दुई–तीन हप्ता लगातार रुघाकोखी लागिरह्यो भने चिकित्सकको परामर्श जरुरी हुन्छ ।

तातो पानीको बाफ

रुघाखोकीको समस्यामा तातोपानीको बाफ लिनु एकदमै लाभदायक हुन्छ । यसले नाक खुलाउँछ र श्वासप्रश्वासमा पनि सहज हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व