
बैतडीमा शुक्रबार साँझ साढे पाँच बजेतिर जिप दुर्घटनामा परेको छ । बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर ल्याएको जिप सुर्नया गाउँपालिका वडा नं ८ पातलखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सु.प.प्र.०१००१ ज १३५४ नम्बर जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४१ बर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ ।


जिपमा सवार अन्य भने सकुशल रहेका प्रहरीले जनाएको छ । कच्ची सडकमा जिप पल्टेको हो । घटनास्थल तर्फ प्रहरी गएको र थप विवरण आउन बाँकी रहेको ढोल्यामोड प्रहरीचौकीले जनाएको छ । सगुन खबर बाट सभार
