सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार साढे ११ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

हिजो बुधवार र अस्ति मङ्गलवार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अङ्कले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

Sana Kishan

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर झन्डै ७ प्रतिशत र आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि किसान लघुवित्तको शेयर झन्डै ३ प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.