कञ्चनपुर- नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रदेशको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रशाद खत्रीको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रम बुधबार महेन्द्रनगरमा सम्पन्न भएको हो।

कार्यक्रममा मार्केटिङ बिभाग प्रमुख विवेक शर्मा उपस्थित भई अभिकर्तालाई बिमा बिक्री कला सम्बन्धमा प्रशिक्षण तथा कार्यक्रमका प्रमुख अतिथि खत्रीले कम्पनीमा कार्यरत अभिकर्ताहरूलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरूप कम्पनीले अभिकर्ता सँग सम्बन्धित बिभिन्न कार्यक्रम हरू आयोजना गर्दै आईरहेकाे र साेही क्रममा महेन्द्रनगरमा उक्त कार्यक्रम आयोजना गरिएको समेत जानकारी गराएका छन्।

कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स महेन्द्रनगर शाखा सँग आबद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका एक सय बढि जनाको उपस्थिति रहेकाे कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्। नेशनल लाईफ ईन्स्योरेन्स महेन्द्रनगर शाखा बाट उत्कृष्ट बीमा व्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा, माला र ट्रफी सहित सम्मान गरेको समेत उनले बताए।

नेशनल लाईफ ईन्स्याेरेन्स महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशाेर भट्टले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जाेशीले गरेको कम्पनीका चिफ बिजनेस म्यानेजर चन्दले बताए। उक्त कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले राखेको तथा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सहभागी सबैलाई धन्यवाद ज्ञापन समेत गरेको चन्दले बताए।










Discussion about this post