सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी दुर्घटना : घाइते थप तीन जनालाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगियो

Far weast coaching ad
302
Sana Kishan

बैतडीमा जिप दुर्घटनामा परी घाइते भएका मध्ये थप तीनजनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो । प्रहरी जवान आसा धामी र भानु बिष्ट तथा जिप चालक देवराम महरलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

यसअघि दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवलदार गणेश खड्का खड्का र प्रहरी जवान पुतली खड्कालाई पनि हेलिकोप्टर मार्फत नेपाल लगिएको थियो ।

Arus
Karnali Traders

दुर्घटनामा घाइते भएका अन्य चारजनालाई एम्बुलेन्स मार्फत डडेल्धुरा अस्पताल लैजाने तयारी भएको छ ।

सोमबार बिहान पाटन नगरपालिका ४ थुम नजिकै भएको जिप दुर्घटनामा ४ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद, तालिम केन्द्रमा कार्यरत प्रहरी जवान दीर्घ बिष्ट र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.