सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिप दुर्घटना : मृतक प्रहरी कर्मचारीको पहिचान खुल्यो

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

अहिलेसम्म उक्त जिपमा सवार चार मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद, तालिम केन्द्रमा कार्यरत प्रहरी जवान दीर्घ बिष्ट र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ । घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै अन्य घाइतेमा प्रहरी जवान भानु बिष्ट, प्रहरी नरेश कठरीया, प्रहरी जवान टिकेन्द्रसिंह ऐरी, सहायक हवलदार गोपालबहादुर पाल, प्रहरी जवान चन्द्रसिंह ठगुन्ना, प्रहरी जवान आसा धामी र जिप चालक देवराम महर रहेका छन् । उनीहरुलाई पनि थप उपचारका लागि हेलिकोप्टर मार्फत अन्यत्र पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सगुन खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.