
निर्वाचन आयोगको कार्यालयले आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फ ६१ प्रतिशत मत खसेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताउँदै प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।
तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए ।

साथै थपलियाले आज निर्वाचन हुन नसकेका ठाउँमा ६ गते भित्रमा निर्वाचन हुने बताए ।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए ।
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको बताउँदै उनले भने, सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक÷एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका छन् ।
निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए । मकालु खबर बाट सभार
