सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

Far weast coaching ad
95
Sana Kishan

कञ्चनपुर – आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।

जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।

Arus

“चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ”, प्रहरी उपरीक्षक चौधरीले भने, “सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।”

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् ।

“तीन घेरामा सुरक्षा प्रवर्द्धन मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछन्”, प्रहरी उपरीक्षक चौधरीले भने ।

Karnali Traders

मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।

“तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौँ”, उनले भने, “बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौँ ।”

प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख दुई हजार पाँच सय नौ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।

कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार कञ्चनपुर र भीमदत्त नगरपालिकामा गरेर दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.