सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार अब मङ्गलवारदेखि मात्रै खुल्ने

धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलवारदेखि मात्रै हुने भएको छ । आज शुक्रवार कारोबार बन्द छ ।शनिवार, आइतवार र सोमवारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतवार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । सरकारले चुनावलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यस कारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।

Sana Kishan

मङ्सिर १ गते बिहीवार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको थियो । बिहीवारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.