Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विकास र समृद्धिका लागि सूर्यमा मतदान गर्न एमालेको आह्वान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले विकास र समृद्धिका लागि सूर्यमा मतदान गर्न सबै मतदातामा आह्वान गरेको छ ।

जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक लक्ष्मी बुढाले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय रहेको जनाएकी छन् ।

‘केही अवाञ्छित शक्तिहरूका प्रतिगामी उद्देश्य र राजनीतिक व्यक्तिहरूको ईश्याले विकास निर्माण र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विसंगति, बेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ । परमादेशी आदेशले अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन, भ्रष्टाचारमा निर्लिप्त छ ।’

गठबन्धन सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ । ‘यतिखेर मुलुक आर्थिक संकटको गम्भीर मोडमा छ । दक्षिणपन्थी र स्वार्थी गठबन्धनले प्रहार गरिरहेको अवस्थामा राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि नै खतरा उत्पन्न भएको छ । बाह्य शक्तिको इशारामा नागरिकता विधेयक ल्याउनेदेखि विदेशीलाई खुशी पार्न विभिन्न आयोजना सुम्पिने काम भएको छ,’ विज्ञप्तिमा छ ।

निर्वाचनमा लोकतन्त्र, संघीयता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षाका साथै विकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिएको छ ।

‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन देशको भविष्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुने भएकाले निर्वाचनमा प्रकट हुने जनादेश छलि, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेशमार्फत लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टी जस्तो अग्रगामी शक्ति ? कसलाई रोज्ने भन्ने मूल विषय भएकाले मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा लोकतन्त्र, संघीयता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षाका साथै विकास र समृद्धिका लागि नेकपा एमाले कञ्चनपुर र राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका बीचमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी तालमेल भएको व्यहोरा सबैलाई सर्वविदितै छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तालमेलअनुसार आ–आफ्नो ठाउँमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा क. निरुदेवी पाललाई सूर्य चिह्नमा र प्रदेशसभा सदस्य पदमा निर्वाचन क्षेत्र नम्बर ३(१) अर्थात ३(क)मा राप्रपाका धर्मराज जोशीको चुनाव चिह्न हलो र निर्वाचन क्षेत्र नम्बर ३(२) अर्थात् ३(ख) मा क. सुरेन्द्र विष्टलाई सूर्य चिह्नमा मतदान गराउन दुवै पार्टीका नेता कार्याकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछौं ।’

सत्ता गठबन्धनको नाममा मुलुकलाई अस्थितरतातर्फ धकेल्ने काम भइरहेको एमालेको आरोप छ । ‘सीमित व्यक्तिहरूको निहित स्वार्थ पूरा हुन नदिन र राजनीतिक स्थिरता कायम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको हामीलाई साथ सहयोग प्राप्त हुनेछ र हाम्रा उम्मेदवारहरूलाई विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गरेका छौं,’ विज्ञप्तिमा छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
राजनीति

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व