सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईबिआरडीमा गठबन्धनको घरदैलो क्षेत्र १ का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना

Far weast coaching ad
65
Sana Kishan

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राती १२ बजे सकिदै छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ले निर्वाचनको प्रचार प्रसार अन्तिम दिन पनि क्षेत्रका चारै पालिका बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा सबै वडा, बस्ती, गाँउघरमा प्रचारप्रसार गरेको छ ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ निर्वाचन परिचालन मुल समितिका संयोजक लोकेन्द्र लम्सालले गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा सदस्य तर्फ बिना मगर, प्रदेश सभा सदस्यद्वय बन्धु राना, दिवान सिह विष्ट सहितका समानुपातिक उम्मेदवार नेता कार्यकर्ताहरुले संयुक्त तथा एकल रुपमा घरदैलो गरेका छन ।

Arus

गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री बिना मगर, १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना सहितले बिहीबार दिउँसो पुनर्वास नगरपालिका ३ आईबिआरडी बजारमा घरदैलो गरेका छन ।

आईबिआरडी सहितका क्षेत्रमा घरदैलो चुनावी प्रचार प्रसारमा स्थानीयले अरु सबै बाई बाई क्षेत्रकी चेली बिना मगर सहित दिवान दाई, बन्धु दाई हाईहाई भन्दै नारा लगाएका थिए । स्थानीयले क्षेत्र १का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना भन्दै घरदैलोमा उत्साह थपेका थिए ।

Karnali Traders

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख)का निर्वाचन मुल परिचालन समितिका संयोजक चेतन कुमार राईले सत्ता गठबन्धन क्षेत्र १मा उसैपनि दोब्बर बलियो रहेको बताए । ‘हामी उसैपनि बलिया छौँ, ‘उनले भने, गठबन्धन भित्रका दल, नेता कार्यकर्ता एक ढिक्का भएर युद्धस्तरमा चुनावमा खटिएका छन, आम जनताको साथ सर्मथन हामीलाई अधाग छ ।’

केही विपक्ष पराजित मानसिकता बोकेका दल समुहले हारको बेला गठबन्धनमा नेता कार्यकर्ता असन्तुष्ट भन्दै प्रचारबाजीमा लागेको उनले बताए । ‘आफ्ना दलका हरेक क्षेत्रका बागी उम्मेदवार छन, ‘उनले भने, ‘हाम्रो ठुलो संगठन त्यसमा पनि गठबन्धनमा एक आद मानिस असन्तृष्ट भएको विषयमा तिलको पहाड बनाउन लागेका छन ।’

गठबन्धनको पक्षमा नेता कार्यकर्ता सहित जनता उर्लिएर आएपछि अन्य दललाई धरौटी बचाउन समस्या परिरहेको बेला गठबन्धन बिरुद्धमा अनेकन टुनामुना दुष्प्रचारमा रहेको भन्दै त्यसबारे पार्टी, नेता कार्यकर्ता सबै समेत रहेको बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.