सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार साढे २५ अङ्कले बढ्यो

शेयरबजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ ।

Sana Kishan

आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज सबैभन्दा धेरै सिकलेस हाइड्रो र सयपत्री हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.