
बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ४ सय, तेजावी सुनको मूल्य ९७ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।


मंगलबार ९८ हजार २ सय रुपैयाँमा छापावाल, तेजावी सुनको मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अनलाइनखबर बाट सभार
