लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेप्से सूचक बढेको दिन दुई सय २६ वटा कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशत, सप्तकोसी विकास बैंकको साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रो र रिभर फल्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे ६ प्रतिशत र ङादी ग्रुप पावरको शेयर पाँच प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार
