सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार दोहोरो अङ्कले घट्यो

14
Sana Kishan

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार घटिरहेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

Arus
Karnali Traders

आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.