सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो खानपानले कलेजो शुद्धीकरण हुन्छ ?

कलेजो मानव शरीरको सबैभन्दा ठुलो अङ्ग हो । पाचन प्रणालीमा कलेजोको खास भूमिका हुन्छ । शरीरलाई स्वास्थ्य बनाउन कलेजोले धेरै काम गर्नुपर्ने हुन्छ ।

शरीरलाई निरोगी बनाइराख्न कलेजोले खास भूमिका खेलेको हुन्छ । यो अङ्गको सबैभन्दा महत्त्वपूर्ण काम भनेको शरीरको फोहोरलाई बाहिर निकाल्ने हो ।

हामीलाई चोट पटक लाग्यो वा कट्यो भने रगत निस्कन्छ त्यो रगतलाई धेरै बग्न बाट रोक्ने काम पनि कलेजो नै गर्छ । हामीले खाएको खानालाई टुक्राउने शरीरलाई चाहिने पोषक तत्त्व राख्ने र नचाहिने विकार बाहिर निकाल्ने काम पनि कलेजोले गर्छ ।

World Link Ads
Mahakali Polytechnic

हामी जब कुनै चीज खान्छौं त्यतिखेर पाचन प्रणालीले यसलाई तुरुन्तै सानो सानो टुक्रा बनाइदिन्छ । यसपछि यो आहार रगतको सहाराले हेपाटिक पोर्टल सिस्टमको माध्यमबाट कलेजोसम्म पुग्छ ।

Dirghayu Ads

कलेजोले भोजनमा पनि सबै पोषक तत्त्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स आदीलाई अलग अलग गर्छ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अङ्गमा पुर्याउँछ । यसले केही पोषक तत्त्वहरूलाई भण्डारण गर्छ ताकी यसले ऊर्जाको तुरुन्त आवश्यकता हुने अवस्थामा प्रयोग गर्न सकियोस् ।

शरीरलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण कलेजोलाई स्वास्थ्य र बलियो राख्न हामीले पनि केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । कलेजोलाई बलियो र स्वस्थ बनाउन कस्तो खानपान उचित हुन्छ ? यस्ता कुन खाना छन् जसले कलेजोको शुद्धीकरण गर्छ ?

कलेजोलाई खराब गर्ने खानेकुरा

कुनै पनि खानेकुराले कलेजोलाई खराब गर्ने भन्दा पनि कुनै पनि खानेकुरा शरीरलाई चाहिने भन्दा बढी मात्रामा खायो भने कलेजोलाई खराब गर्ने हो । रक्सी, चुरोट, कार्बोहाइड्रेट बढी भएको खानेकुरा जस्तै चामल, गहुँ र मैदाले बनेको खानेकुरा, चिल्लो बढी भएको खानेकुरा आदिले कलेजोलाई खराब गर्छ ।

जंकफुड, तेलमा तारेको खानेकुरा आदिले पनि कलेजोलाई खराब गर्छ । कार्बोहाइड्रेट बढी भएको खानेकुराले हाम्रो कलेजोलाई खराब गर्छ भनेर कार्बोहाइड्रेट खान चटक्कै छोड्ने भने होइन । किनकि कार्बोहाइड्रेट पनि सीमित मात्रामा हाम्रो शरीरलाई आवश्यक पर्छ ।

Sana Kishan

कोक, फ्यान्टा जस्ता पेय पदार्थमा कृत्रिम चिनी र रङ्ग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोसो जम्छ । रङ्गको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ । त्यसैले यस्ता गुलिया पेय पदार्थ पनि कलेजोको लागि हानिकारक हो ।

अहिले धेरै व्यक्तिहरूमा कलेजोमा बोसो जम्ने ‘फ्याटी लिभर’को समस्या देखिएको छ । बोसोजन्य खानेकुराको कारणले कलेजोलाई खराब गर्छ कलेजोमा बोसो जम्छ भन्ने बुझाइ धेरैको हुन सक्छ । तर, त्यो कुरा शतप्रतिशत सही होइन । कार्बोहाइड्रेट बढी भएको खानेकुराको धेरै सेवनले कलेजोमा बोसो जम्ने समस्या देखिने हो । कार्बोहाइड्रेट बोसोमा परिणत हुन्छ र यस्तो समस्या देखा पर्छ ।

कलेजोलाई शुद्धीकरण गर्ने खानेकुरा

उसिनेको अण्डाको सेतो भाग, हरियो सागसब्जी, सलाद, फलफूल जस्ता प्रोटिन भएको र रेसादार खानेकुराले कलेजोलाई शुद्धीकरण गर्छ । तर, अहिले तरकारी फलफूलहरूमा पनि धेरै विषादीहरू प्रयोग भएर आएको हुन्छ । यस्ता विषादीहरूले कलेजोमा सिधै असर गर्छ । त्यसैले त्यो खानेकुराहरूबाट विषादीको असर कम गर्नको लागि काँचो खाने हो भो राम्ररी पखालेर र पकाएर खाने भए राम्रोसँग पकाएर खानुपर्छ ।

कलेजोलाई स्वास्थ्य राख्नको लागि ध्यान दिनुपर्ने कुराहरू

– कलेजोलाई स्वास्थ्य राख्नको लागि सबैभन्दा ध्यान दिनुपर्ने खानेकुरा नै हो । त्यसैले कार्बोहाइड्रेट बढी भएको र बढी चिल्लो प्रयोग भएको खानेकुरा खानु हुँदैन ।

– कलेजोमा बोसो जम्न नदिनको लागि तौल नियन्त्रण गर्नु पर्छ । तौल नियन्त्रण गर्नको लागि खानापनमा नै ध्यान दिनुपर्यो । जंकफुड, बढी चिल्लो खानेकुरा, बोसो बढी भएको रातो मासु, कार्बोहाइड्रेट बढी भएको खानेकुरा कम खानुपर्यो ।

– कलेजोलाई स्वास्थ्य राख्नको लागि राम्रो निद्रा पनि आवश्यक हुन्छ । निद्राको कमीले कलेजोमा बढी दबाब पर्छ, त्यसैले शरीरलाई आराम दिनको लागि समयमा सुत्ने र समयमा उठ्ने बानी गर्नुपर्छ ।

– कलेजोलाई स्वास्थ्य राख्नको लागि शारीरिक गतिविधि र व्यायाम पनि जरुरी हुन्छ । शारीरिक रूपमा सक्रिय भएन भने कलेजोमा बोसो जम्ने समस्या देखिन सक्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.