Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कस्तो खानपानले कलेजो शुद्धीकरण हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २५, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कलेजो मानव शरीरको सबैभन्दा ठुलो अङ्ग हो । पाचन प्रणालीमा कलेजोको खास भूमिका हुन्छ । शरीरलाई स्वास्थ्य बनाउन कलेजोले धेरै काम गर्नुपर्ने हुन्छ ।

शरीरलाई निरोगी बनाइराख्न कलेजोले खास भूमिका खेलेको हुन्छ । यो अङ्गको सबैभन्दा महत्त्वपूर्ण काम भनेको शरीरको फोहोरलाई बाहिर निकाल्ने हो ।

हामीलाई चोट पटक लाग्यो वा कट्यो भने रगत निस्कन्छ त्यो रगतलाई धेरै बग्न बाट रोक्ने काम पनि कलेजो नै गर्छ । हामीले खाएको खानालाई टुक्राउने शरीरलाई चाहिने पोषक तत्त्व राख्ने र नचाहिने विकार बाहिर निकाल्ने काम पनि कलेजोले गर्छ ।

हामी जब कुनै चीज खान्छौं त्यतिखेर पाचन प्रणालीले यसलाई तुरुन्तै सानो सानो टुक्रा बनाइदिन्छ । यसपछि यो आहार रगतको सहाराले हेपाटिक पोर्टल सिस्टमको माध्यमबाट कलेजोसम्म पुग्छ ।

कलेजोले भोजनमा पनि सबै पोषक तत्त्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स आदीलाई अलग अलग गर्छ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अङ्गमा पुर्याउँछ । यसले केही पोषक तत्त्वहरूलाई भण्डारण गर्छ ताकी यसले ऊर्जाको तुरुन्त आवश्यकता हुने अवस्थामा प्रयोग गर्न सकियोस् ।

शरीरलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण कलेजोलाई स्वास्थ्य र बलियो राख्न हामीले पनि केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । कलेजोलाई बलियो र स्वस्थ बनाउन कस्तो खानपान उचित हुन्छ ? यस्ता कुन खाना छन् जसले कलेजोको शुद्धीकरण गर्छ ?

कलेजोलाई खराब गर्ने खानेकुरा

कुनै पनि खानेकुराले कलेजोलाई खराब गर्ने भन्दा पनि कुनै पनि खानेकुरा शरीरलाई चाहिने भन्दा बढी मात्रामा खायो भने कलेजोलाई खराब गर्ने हो । रक्सी, चुरोट, कार्बोहाइड्रेट बढी भएको खानेकुरा जस्तै चामल, गहुँ र मैदाले बनेको खानेकुरा, चिल्लो बढी भएको खानेकुरा आदिले कलेजोलाई खराब गर्छ ।

जंकफुड, तेलमा तारेको खानेकुरा आदिले पनि कलेजोलाई खराब गर्छ । कार्बोहाइड्रेट बढी भएको खानेकुराले हाम्रो कलेजोलाई खराब गर्छ भनेर कार्बोहाइड्रेट खान चटक्कै छोड्ने भने होइन । किनकि कार्बोहाइड्रेट पनि सीमित मात्रामा हाम्रो शरीरलाई आवश्यक पर्छ ।

कोक, फ्यान्टा जस्ता पेय पदार्थमा कृत्रिम चिनी र रङ्ग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोसो जम्छ । रङ्गको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ । त्यसैले यस्ता गुलिया पेय पदार्थ पनि कलेजोको लागि हानिकारक हो ।

अहिले धेरै व्यक्तिहरूमा कलेजोमा बोसो जम्ने ‘फ्याटी लिभर’को समस्या देखिएको छ । बोसोजन्य खानेकुराको कारणले कलेजोलाई खराब गर्छ कलेजोमा बोसो जम्छ भन्ने बुझाइ धेरैको हुन सक्छ । तर, त्यो कुरा शतप्रतिशत सही होइन । कार्बोहाइड्रेट बढी भएको खानेकुराको धेरै सेवनले कलेजोमा बोसो जम्ने समस्या देखिने हो । कार्बोहाइड्रेट बोसोमा परिणत हुन्छ र यस्तो समस्या देखा पर्छ ।

कलेजोलाई शुद्धीकरण गर्ने खानेकुरा

उसिनेको अण्डाको सेतो भाग, हरियो सागसब्जी, सलाद, फलफूल जस्ता प्रोटिन भएको र रेसादार खानेकुराले कलेजोलाई शुद्धीकरण गर्छ । तर, अहिले तरकारी फलफूलहरूमा पनि धेरै विषादीहरू प्रयोग भएर आएको हुन्छ । यस्ता विषादीहरूले कलेजोमा सिधै असर गर्छ । त्यसैले त्यो खानेकुराहरूबाट विषादीको असर कम गर्नको लागि काँचो खाने हो भो राम्ररी पखालेर र पकाएर खाने भए राम्रोसँग पकाएर खानुपर्छ ।

कलेजोलाई स्वास्थ्य राख्नको लागि ध्यान दिनुपर्ने कुराहरू

– कलेजोलाई स्वास्थ्य राख्नको लागि सबैभन्दा ध्यान दिनुपर्ने खानेकुरा नै हो । त्यसैले कार्बोहाइड्रेट बढी भएको र बढी चिल्लो प्रयोग भएको खानेकुरा खानु हुँदैन ।

– कलेजोमा बोसो जम्न नदिनको लागि तौल नियन्त्रण गर्नु पर्छ । तौल नियन्त्रण गर्नको लागि खानापनमा नै ध्यान दिनुपर्यो । जंकफुड, बढी चिल्लो खानेकुरा, बोसो बढी भएको रातो मासु, कार्बोहाइड्रेट बढी भएको खानेकुरा कम खानुपर्यो ।

– कलेजोलाई स्वास्थ्य राख्नको लागि राम्रो निद्रा पनि आवश्यक हुन्छ । निद्राको कमीले कलेजोमा बढी दबाब पर्छ, त्यसैले शरीरलाई आराम दिनको लागि समयमा सुत्ने र समयमा उठ्ने बानी गर्नुपर्छ ।

– कलेजोलाई स्वास्थ्य राख्नको लागि शारीरिक गतिविधि र व्यायाम पनि जरुरी हुन्छ । शारीरिक रूपमा सक्रिय भएन भने कलेजोमा बोसो जम्ने समस्या देखिन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व