खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङमा ६ घर क्षतिग्रस्त भएका छन् भने ३८ घरमा आंशिक क्षति भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।
भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पु¥याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक रुपमा क्षति पुगेको अवस्थीले बताए ।
त्यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक रुपमा क्षति पुगेको बताएको छ । गोदावरी न्युज बाट सभार