Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै छ ।

बहुउपयोगी लहरेदार वनस्पति पानको महत्व धार्मिक तथा सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पानको पातमा चुना, कत्था, सुपारीको टुक्रा, सौप लगायत विभिन्न प्रकारका सुगन्धित मसला हाले खाने गरिन्छ । यो स्वादको लागि मात्र नभएर यसको पात औषधिको रुपमा पनि प्रयोग हुन्छ ।

तर पानको सेवन धेरै गर्दा स्वास्थ्यलाई हानि गर्ने चिकित्सकहरु बताउँछन् । यसको बढी प्रयोगले स्वास्थ्य बिग्रिन पनि सक्छ ।

एलर्जीको जोखिम

पानलाई कतिपयले चपाउँदै रस निल्ने गर्छन् त कतिपयले पूरै खाने गर्छन् । विना सावधानी यसको प्रयोग जथाभावी गरियो भने पातबाट एलर्जी पनि हुन सक्छ । त्योसँगै यसले मुखको छालामा एलर्जी हुने र छाला रातो हुने समस्या ल्याउन सक्छ ।

गिजा दुख्ने

कतिपय व्यक्ति पानको पातलाई माउथ फ्रेसनरको रुपमा प्रयोग गर्दछन् । यसले मुखमा गन्ध आउन रोक्छ । तर पान खाँदा धेरै चपाउनुपर्ने भएकाले यसले गिजालाई असर गर्छ । गिजा सुन्निने, दुख्ने भएकाले यसमा सतर्कता अपनाउनुपर्छ ।

उच्च रक्तचापको समस्या

पानको बढी प्रयोगले रक्तचाप बढाउँछ । जसबाट मुटुको धड्कन असामान्य हुने, शरीरको तापक्रम घटबढसँगै थाइराइड हर्मोन असन्तुलित हुन सक्छ ।

पान धेरै सेवन नगर्ने

पानको पातबाट बनाइने मसालेदार पान धेरै खानुहुन्छ भने यसलाई कम गर्नुपर्छ । किनकि, धेरै पानको प्रयोगले मुखको क्यान्सर समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । पानमा धेरै मात्रामा सूर्तीजन्य पदार्थको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक छ ।

गर्भवती अवस्थामा पान खानु हुँदैन

गर्भवती महिलाले त पानको प्रयोग गर्नु नै हुँदैन । पानको अत्यधिक सेवनले आमा र गर्भमा रहेको भ्रुण दुवैलाई असर गर्छ । जसले भ्रुणको राम्रोसँग विकास हुन पाउँदैन । सूर्तीजन्य पदार्थ रहेको पानबाट टाढै रहनुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ कार्तिक १८, शुक्रबार ०५:२०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व