जनकपुरधाम : नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा छठ मनाउन जनकपुर पुगेकी छन्।
आइतबार बेलुकी जनकपुरस्थित गंगासागरमा उनले अस्ताउँदो सूर्यको पूजा गरिन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छठ पूजा हेर्न पाउँदा खुसी लागेको बताइन्।
’छठ हेर्न धेरै मन लागेको थियो। आज एकदमै खुसी लागेको छ। छठ मातासँग देशको शान्ति रहोस्, हाम्रो प्रगति होस्, चुनावमा नेपाली कांग्रेसले जितोस् भनेर मागेँ,’ उनले भनिन्।
पूजा सकेर उनले अन्य मन्दिरहरूमा पनि दर्शन गरेकी थिइन्।
सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराइनमा उदाउँदो सूर्यको पूजा गर्ने उनको कार्यक्रम छ। सेतोपाटी










Discussion about this post