काठमाडौं – नेकपा एमालेका नेता डाक्टर भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गरेका छन् ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘ कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’
आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘ल्य ल्यत ब्नबष्ल’, ‘ल्इ ल्इत् ब्न्ब्क्ष्ल्’ र ‘ल्य ल्यत बनबष्ल’ नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न भनिएको छ । यी पेजबाट भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन भएकोले बन्द नगरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । उपहार खबर
कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 26, 2022









Discussion about this post