कञ्चनपुर –प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएका छैनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो ।
प्रधानमन्त्रीका भाइको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् । सगुन खबर









Discussion about this post