धनगढीः कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया चोकका बोर्ड हटाएको छ। चोकमा राखिएका व्यवसायीक प्रयोजनका बोर्ड मंगलबार हटाइएको हो।
नगर प्रमुख वीरेन्द्र भट्टले १५ वर्षको सम्झौता भएपनि सम्झौता अनुसार काम नभएकाले बोर्ड हटाइएको बताए। उनका अनुसार नगरपालिकाले वार्षिक पाँच लाखमा अत्तरिया चोकमा बोर्ड राख्न दिने क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता गरेको थियो।
विज्ञापन
अउ
तर कम्पनीले सम्झौता अनुसारको रकम दिएको छैन। पाँच वर्षको नगरपालिकाले २५ लाख रुपैयाँ कम्पनीसँग असुल गर्न बाँकी छ। नगर प्रमुख भट्टले भने, ‘हामीले पटक–पटक पत्रचार गरेका थियौ। उहाँहरुको जवाफ आएन्। फोन गर्दा पनि बेवास्ता गर्नु भयो। सम्झौता अनुसारको कुनै काम गर्नु भएको छैन। पाँच वर्षको एक रुपैयाँ पनि तिर्नु भएको छैन। उहाँहरुका बोड हामीले हटाएका छौ।’
सुदूरपश्चिमको मुख्य चोकमा व्यापारीक प्रयोजनका बोर्डहरु राख्न नहुने नगरवासीले माग गर्दै आएका थिए। उनीहरुले नगरपालिका अर्थात प्रदेशको पहिचानसँग जोडिएका पोष्टरहरु चोकमा राख्नुपर्ने माग गरेका थिए। यता नगरपालिकाले भने ट्राफिक ऐनले पनि चोकमा बोर्ड राख्न समस्या भएको बताएको छ। नगरपालिकाले अब चोकमा पानीको फोहोरा (वाटर फाउन्टेन) बनाउने योजना रहेको बताएको छ। दिनेश खबर
https://youtu.be/2yJQaoPq9YU









Discussion about this post