Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजनीति सुरू गरेको ७ वर्षमै बेलायतको बागडोर सम्हाल्न लागेका ऋषि सुनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँग ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।

संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले ल्याएको आर्थिक नीतिको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भइन्।

केही वर्षअघि युरोपियन युनियनबाट बाहिरिएको बेलायतको अर्थतन्त्र अहिले पनि स्थिर छैन। बहुमत पाएको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्री फेरेको फे¥यै गर्दा विपक्षीहरूले आमनिर्वाचनको माग गरिरहेका छन्। यस्तो बेलामा प्रधानमन्त्री बन्न लागेका ऋषिका लागि आगामी दिन चुनौतीपूर्ण हुने देखिन्छन्। तर सोमबार उनी कन्जरभेटिभ पार्टीको नेता चुनिँदा बेलायतभित्र र बाहिरको माहौल भने उत्साहपूर्ण छ। किनकी ऋषि बेलायतको प्रधानमन्त्री बन्नु आफैंमा एउटा ऐतिहासिक घटना हो। ४२ वर्षको उमेरमै बेलायती प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेका ऋषिका लागि यो व्यक्तिगत उपलब्धि त हो नै बेलायत र संसारभरिका अरू अल्पसंख्यकका लागि पनि प्रेरणाको स्रोत हो।

ष्लखयतभअज
ऋषि बेलायतको प्रधानमन्त्री बन्ने भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि संसारका विभिन्न नेताहरूले बधाई दिएका छन्। भारतीयहरूले त पहिला आफूलाई उपनिवेश बनाएको बेलायतमा भारतीय मूलका व्यक्ति प्रधानमन्त्री भए भनेर खुसी मनाइरहेका छन्।

सन् १९८० मा जन्मिएका ऋषिले सात वर्षअघि मात्रै राजनीतिक यात्रा थालेका थिए। ऋषिका हजुरबुबा(हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्।

भ्कभधबकयातधबचष्अबलष्अ
राजनीतिमा आउनुभन्दा अघि इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्समा काम गर्थे। उनी दुई वटा हेज फन्डमा पनि जोडिएका थिए।

२०१५ मा पहिलो पटक सांसद भएका उनी बेलायत युरोपियन युनियनबाट अलग हुनुपर्छ भन्ने विषयमा वकालत गर्थे। जनमत संग्रहमा इयू छोड्नु पर्ने पक्षले जितेको थियो।

थेरेसा मेको सरकारमा ऋषिलाई स्थानीय सरकारसम्बन्धी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सन् २०२० मा उनी बोरिस जोनसनको सरकारमा अर्थमन्त्री बनेका थिए। कोरोना कालमा बेलायती अर्थतन्त्र सम्हालेपछि उनको चर्चा चुलिएको थियो। पछि उनले जोन्सनसँग असहमति जनाउँदै राजीनामा दिएका थिए। अरू मन्त्रीहरूले पनि धमाधम राजीनामा दिएपछि केही समयमै जोनसन सरकार ढल्यो।

त्यसपछि पहिलो पटक ऋषिले प्रधानमन्त्री बन्ने दौड सुरू गरेका थिए। कन्जरभेटिभ पार्टीको नेता बन्ने पहिलो दौडमा उनी असफल भए। गत भदौ २० उनी अर्की सांसद लिज ट्रससँग पराजित भए। त्यो पराजयको दुई महिना नपुग्दै ऋषि नम्बर १० डाउनिङ स्ट्रिटमा पुग्न सफल भएका छन्।

भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनकी श्रीमती भारतीय अर्बपति नारायण मुर्तीकी छोरी अक्षता मुर्ति हुन्। अक्षता र ऋषिले सन् २००९ मा भारतको बैंग्लुरूमा विवाह गरेका थिए।

अक्षताका बुवा नारायण प्रविधि कम्पनी इन्फोसिसका संस्थापक हुन् भने उनी फेसन डिजाइनर हुन्। ऋषि र अक्षताका दुई छोरी छन्।

द सन्डे टाइम्सका अनुसार ऋषि र अक्षतासँग ७३ करोड पाउन्ड सम्पत्ति छ। उनीहरू बेलायतका २५० वटा धनाढ्य परिवारभित्र पर्छन्।

उनी प्रधानमन्त्री हुने भएपछि न्युयोर्क टाइम्सले लेखेको छ( इतिहासमा पहिलो पटक यस्तो हुँदैछ कि डाउनिङ स्ट्रिटमा बस्ने मान्छे बकिङहम दरबारमा बस्नेभन्दा धनी छन्।

ऋषि बेलायतको पहिलो अश्वेत, पहिलो एसियाली मूलको र पहिलो हिन्दु प्रधानमन्त्री हुन्।

२०१७ को आमनिर्वाचनपछि उनले हिन्दु धार्मिक ग्रन्थ गीतामा हात राखेर सांसदको सपथ लिएका थिए।

‘मेरो आस्थाले मलाई शक्ति दिन्छ, जीवनको उद्देश्य दिन्छ र यो म को हुँ भन्ने कुराको एक भाग हो,’ उनले भनेका छन्।

दुई वर्षअघि अर्थमन्त्री हुँदा दीपावलीको अवसरमा ऋषिले नम्बर ११ डाउनिङ स्ट्रिटमा दीप प्रज्वलन गरेका थिए।

लोएड जर्जपछि उनी सायद रक्सी नपिउने पहिलो बेलायती प्रधानमन्त्री हुनेछन। उनको मन पर्ने पेय पदार्थ कोकाकोला हो। एउटा अन्तर्वार्तामा उनले आफूलाई कोकाकोलाको अम्मली भएको बताएका थिए।

ऋषि प्रधानमन्त्री भएसँगै बेलायतले २ सय वर्षपछि ४२ वर्षको प्रधानमन्त्री पाएको छ। सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए। त्यसपछि यति कम उमेरमा कोही पनि बेलायती प्रधानमन्त्री भएका थिएनन्।

बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्रीको इतिहास विलियम पिटका नाममा छ। उनी २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए। सन् १७५९ मा जन्मेका उनी सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए।

सुनक बेलायतको अर्थमन्त्री हुँदा पनि अमेरिकाको ग्रिनकार्ड बोकेको भन्दै आलोचना भएको थियो।

उनी प्रधानमन्त्री चुनिएपछि संकटोन्मुख बेलायती अर्थतन्त्र ट्र्याकमा आउने अपेक्षा गरिएको छ। उनी कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ब्रिटिस पाउन्ड केही मजबुद् भएको छ। प्रधानमन्त्रीका रूपमा आफ्नो प्रमुख प्राथमिकता स्थिरता र एकता हुने ऋषिले बताएका छन्।

९बिबिसी, द गार्डियन, न्युयोर्क टाइम्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित। सेतोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व