बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो ।
पालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, प्रवक्ता यज्ञ भट्टलगायतको उपस्थितिमा बिजुली बालिएको हो । विजुली बलेपछि स्थानीय हर्षित भएका छन्।
अध्यक्ष जोशी नेतृत्वको स्वतन्त्र प्यानलले स्थानीय तह निर्वाचनका बेला ‘उज्यालो डिलाशैनी’ अभियान अन्तर्गत पालिकाका सबै क्षेत्रमा बिद्युत पु–याउने प्रतिवद्धता व्यक्त गरेका थिए। जोशी नेतृत्वको टीम निर्वाचित भएपछि बिद्युतिकरणलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएको हो।









Discussion about this post