Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमा कर्मचारी नै खटाएर निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्दै मेटा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ ।

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो ।

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन् ।

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए । उनले भने, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ ।”

उनले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने बताए ।

“कसैले आचारसंहिताविपरीत फेसबुकबाट निर्वाचनसम्बन्धी प्रचारप्रसार ग‍र्याे भने जोसुकैले रिपोर्ट गर्न सक्छन् । कुनै पनि गलत कुरा रिपोर्ट गरेपछि के हो भनेर हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले पहिचान गर्छ । त्यसपछि पनि चित्त नबुझेमा हाम्रो टिमले सो कुराको गहन रूपमा अध्ययन गरेर थप प्रक्रिया अघि बढाउँछ,” उनले भने ।

कार्यक्रममा मेटाका प्रतिनिधिले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न पत्रकार, नागरिक समाज, राजनीतिक दल र सबै सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । उनीहरूले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिने नकारात्मक सामग्रीको स्क्रिन सट गरेर वा पोस्ट, कमेन्ट वा सेयर गरेका सामग्री रिपोर्ट (उजुरी) गर्न आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गरे । उनले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे ।

निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपूर उपयोग गरी सुसूचित हुन, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै सबल पार्न आयोग र मेटाले आग्रह गरेको छ ।–गोरखापत्रबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व