Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मिथिलामा दिवाली–छठपर्वको चटारो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका खास अवसरसमेत बन्ने गरेका हुन् ।

करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दिवाली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घर–करेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन् ।

“खासमा केराको झ्याङमा प्रतिझ्याङमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन, बढी भएका कोथा (केराका भर्खरै बढेका बोट) छ्याँसेर (उखालेर) फ्याँक्नुपर्छ”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन्, “यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।” केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ ।

केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ । दिवाली र छठसँगसँगै जस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ । यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवै पर्व (दीपावली र छठ)का पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घर–करेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दिवाली र छठपर्वका खास सामग्री हुन् । अरुबेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुवै पर्व (दीपावली र छठ)को आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

दिवाली (तिहार, दीपावली)को पक्ष सुरु भए पनि पर्व लाग्न अझै तीन–चार दिन बाँकी छ । यद्यपि पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ । पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएर पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्व पाउने आफ्ना कृषिउपज (अदुवा, उखु, ज्यामिर, केरा आदि) बेचेर पर्व टार्ने धुनमा देखिन्छन् ।

“आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ”, भङ्गाहा नगरपालिका–४ रामनगरकी किसान मञ्जु कापर भन्छन् , “दिवालीमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु ।” करेसाबारीको दुई–तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा दिवाली, छठ सहजै टार्ने मञ्जुको विश्वास छ ।

हिन्दू वैदिक परम्पराका दिवाली र छठपर्व कृषिसँग अभिन्नरूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती (अन्नबाली) लगाउने समय सकिएको र नयाँ बाली (धान) भित्र्याउने समयअघि पर्ने यी पर्व धनी–गरिब सबैका लागि खुसीको अवसर हुने गरेका पाका मैथिल बताउँछन् । उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व