सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी उपमहानगरपालिका १ सय ४० जेष्ठ नागरिक मुक्तिनाथ धार्मिक यात्रामा

54
Sana Kishan

कैलाली । धनगढी उपमहानगरपालिका भित्रका जेष्ठ नागरिकहरु मुक्तिनाथ धार्मिक यात्रामा निस्केका छन् । धार्मिक यात्रामा जाने जेष्ठ नागरिकहरुलाई धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आज बिदाई गरेका छन् ।

Karnali Traders

उपमहानगरपालिकाका ६८ देखि ९२ वर्षसम्मका १४० जनालाई पहिलो चरणमा धार्मिक टुरमा पठाइएको नगर प्रमुख हमालले बताए । उनले धार्मिक यात्रामा उपमहानगरपालिकामा कार्यरत केही कर्मचारीहरुलाई समेत समावेश गरिएको बताउँदै जागिरको सिलसिलामा सेवा निवृत्त हुन लागेका केही कर्मचारी समेतलाई धार्मिक यात्रामा समाबेश गरिएको बताए ।

Arus

नगढी स्थित लक्ष्मीनारायण मन्दिरले यात्राको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी मिलाएको बताउदै मेयर हमालले यात्राको दौरान स्वास्थ्यमा समस्या आए त्यसको समाधानका लागि उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य शाखाबाट समेत स्वास्थ्यकर्मी समावेश गराइएको बताए । बिदाई कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर, धार्मिक यात्रामा जान लागेका आफन्तहरुको सहभागिता रहेको थियो ।इकागज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.