
बझाङ –बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।सगुन खबर
