
कञ्चनपुर । माइती नेपालले भारतको दिल्ली बाट एक बालकको उद्धार गरेको छ । गए राती १२ बजे ती बालकलाई जोखिमपुर्ण अवस्था बाट उद्धार गरिएको हो । बङ्गलाचुली गांउपालिका वडा नं। ४, दाङका १४ बर्षका बुढा थर गरेका बालकको उद्धार गरिएको हो ।
ती बालक करिब डेढ महिना अघि कामको खोजीमा गांउको साथी संग भारतको दिल्ली पुगेका हुन । दिल्लीमा उनी एक रेष्टुरेण्टमा काम गर्थे । केही दिन अघि ती बालक एक्कासी सम्पर्क बिहीन भए पछि बालकका घर परिवार तथा आफन्तजनले खोजी कार्य शुरु गरेका थिए ।

कहीं कतै बाट पनि बालकको अत्तोपत्तो लाग्न नसकेपछि बालकका आफन्तले सामाजिक सञ्जाल मार्फत समेत माइती नेपाललाई बालकको खोजी तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेका थिए । त्यसरी खोजी तथा उद्धारका लागि आग्रह आएको २४ घण्टा नबित्दै माइती नेपालले बालकको खोजी तथा उद्धार गर्न सफल भएको छ ।
“हामीलाई शुरुुमा सामाजिक सञ्जाल मार्फत सुचना प्राप्त भयो र त्यस पछि लिखितरुपमै बालकको खोजी तथा उद्धारमा सहयोगका लागि निबेदन प्राप्त भयो । प्राप्त सुचना अनुसार बालक जोखिमपुर्ण अवस्थामा हुनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । माइती नेपालकी उद्धार तथा पुर्नस्थापना संयोजक महेश्वरी भट्टले भन्नुभयो, समस्या गम्भीर थियो ।

त्यसैले हामीले कुनै बिलम्ब नगरी खोजी कार्य शुरु ग¥यौं । भारतीय प्रहरी समेत दिल्लीमा रहेका सबै मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत संघ संस्थालाई सहयोगका लागि आग्रह ग¥यौं र अन्ततस् २४ घण्टा नबित्दै बालकको खोजी तथा उद्धार गर्न सफल भयौं ।”
रोजगारको प्रलोभनमा साथीको लहलहैमा पहिलो पटक घर छोडेर दिल्ली पुगेका ती बालक न राम्रो संग बोल्न सक्छन न राम्रो संग बुझ्छन नै । त्यसै भएर पनि खोजी कार्य निकै कठिन र चुनौतीपुर्ण थियो ।
ती बालकलाई दिल्लीका लोकेसनका बारेमा पनि केही थाहा छैन । बावजुद सबै कठिनाईका माइती नेपालले सुचना प्राप्त भएको २४ घण्टा भित्रै आफ्नो नेटवर्कको प्रयोग गर्दै स्थानीयबासी र भारतीय प्रहरीको सहयोगमा बालकको उद्धार गर्न सफल भएको हो । अहिले बालकलाई दिल्लीमै रहेका उनका अभिभावकको जिम्मा लगाईएको छ ।
पछिल्लो समय माइती नेपालले भारतका बिभिन्न शहरमा बेचबिखनमा परिसकेका वा बेचबिखनको जोखिममा रहेको नेपाली महिला तथा बालबालिकाको एक पछि आर्को धमाधम उद्धार गर्दै आएको छ । गएको छ महिनामा मात्रै भारतका दिल्ली, मुम्बई, पुना, कलकत्ता, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चल,हरियाणा लगायतका शहर र स्थान बाट १५ जना महिला तथा बालबालिकाको उद्धार गरिसकेको छ । जनसरोकार पोस्ट बाट सभार
