सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्षेत्र ३(क)मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति विस्तार

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार जिताउनका लागि बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र ३(क)मा संयुक्त निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।

बुधबार सत्ता गठबन्धनका दलहरुको भीमदत्त नगरका बसेको बैठकले बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति विस्तार गरेको हो । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव माओवादी युवा नेता बिरेन्द्र बिसीले प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको बताए ।

Sana Kishan

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता बिसीका अनुसार काँग्रेस नेता पदम अवस्थीको संयोजकत्वमा ५०१सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति विस्तार भएको छ ।

World Link Ads
Mahakali Polytechnic

सहसंयोजकमा माओवादीका युवा नेता दिपक साउद(शिखर) सचिव तर्फ माओवादीबाट बिरेन्द्र बिसी र काँग्रेसबाट तारा भट्ट रहेका छन । उक्त निर्वाचन परिचान समितिले क्षेत्र ३(क)मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रतिबद्धता सहित जनताको घरदैलोसम्म जाने भएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.