सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सहकारीका कर्मचारीमाथि गोली प्रहार

वीरगञ्ज – सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

Sana Kishan

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो । उपहार खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.