Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम यस्तो छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि कञ्चनपुरका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरिएको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक, फरक निर्वाचन क्षेत्रका लागि फरक, फरक खर्चको सीमा तोकेको हो ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार मानिएको थियो ।

कञ्चनपुरका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ । यसैगरी सुदूरपश्चिमका अन्य जिल्लामा पनि क्षेत्रगत हिशावले निर्वाचनमा खर्च गर्ने रकम निर्धारण गरिएको छ । कैलालीमा क्षेत्रगत हिशावले फरक रकम निर्धारण गरिएको छ । कैलालीको क्षेत्र नम्वर १, २, ३, र ५ मा रहेका उम्मेदवारहरुले निर्वाचनमा अधिकतम २९ लाख खर्च गर्न पाउनेछन भने,कैलालीको ४ नम्वर क्षेत्रका उम्मेदवारहरुले ३१ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

यस्तै गरी अछामको क्षेत्र नम्वर १ र २ मा रहेका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् भने, बझाङको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवाहरुले अधिकतम ३३ लाख रुपैँया चुनावमा खर्च गर्न पाउने भएका छन् । यस्तै, डोटीको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले पनि अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

बैतडीको क्षेत्र नम्वर १ मा पनि उम्मेदवारहरुले ३३ लाख खर्च गर्न पाउने भएका छन् । उता, दार्चुलाको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले अधिकतम ३१ लाख रुपैँया खर्च गर्न पाउने भएका छन भने, बाजुराको क्षेत्र नम्वर १ मा पनि उम्मेदवारहरुले अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

यसैगरी डडेल्धुराको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले पनि अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले विगतदेखी उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेपनि वास्तिवक खर्चमा भनेधेरै अन्तर आउने गरेको जानकारहरुले औल्याएका छन् ।

चुनावमा दल तथा उम्मेदवारहरुले आयोगले सिमा निर्धारण गरेका खर्च रकम भन्दा बढी खर्च गर्ने, बढी तडकभडक गर्ने भएकाले कतिपय उम्मेदवारहरुले चुनाव लडनका लागि ऋण निकालेर भएपनि चुनाव लडने, आफनो जग्गा बेचेर पनि चुनावमा होमिने गरेको पाईएको छ । तथापी पछि गएर आफनो खर्च असुल्नका लागि भ्रष्टचार गर्ने, कालो धन कमाउन तर्फ लाग्ने गरेको समाजसेवी,जानकारहरुको भनाई रहेको छ ।

भीमदत्त नगरपालिका १८ का स्थानिय मानबहादुर साउदले सरकारले चुनावमा लाग्ने खर्च जती रकम निर्धारण गरेपनि उम्मेदवारहरुले आफना कार्यकर्ता तथा मतदाताहरुको लागि दोब्बर बढीले खर्च गर्ने गरेको पाईएको बताए । उम्मेदवारहरुमा जसरी पनि चुनाव जित्ने होडबाजी रहेको बताए ।

यसलाई नियमन गर्ने अनुगमन गर्ने निकाय पनि फितलो भएकाले सरकारले निर्धारण गरेको खर्चमा रहेर कसैले पनि चुनावमा खर्च गर्ने परिपाटी नरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँ र प्रदेशसभा सदस्यको निर्वाचनतर्फ एक लाख ५० हजार रपैयाँ खर्च गर्न पाउने भएका छन् ।

निर्वाचनमा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, छापा एवम् विद्युतीय माध्यममा प्रचार र कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनमा खर्च गर्न पाउँछन् । शुक्लाफाँटा खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व