सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम यस्तो छ

55
Sana Kishan

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि कञ्चनपुरका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरिएको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक, फरक निर्वाचन क्षेत्रका लागि फरक, फरक खर्चको सीमा तोकेको हो ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार मानिएको थियो ।

Arus

कञ्चनपुरका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ । यसैगरी सुदूरपश्चिमका अन्य जिल्लामा पनि क्षेत्रगत हिशावले निर्वाचनमा खर्च गर्ने रकम निर्धारण गरिएको छ । कैलालीमा क्षेत्रगत हिशावले फरक रकम निर्धारण गरिएको छ । कैलालीको क्षेत्र नम्वर १, २, ३, र ५ मा रहेका उम्मेदवारहरुले निर्वाचनमा अधिकतम २९ लाख खर्च गर्न पाउनेछन भने,कैलालीको ४ नम्वर क्षेत्रका उम्मेदवारहरुले ३१ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

यस्तै गरी अछामको क्षेत्र नम्वर १ र २ मा रहेका उम्मेदवारहरुले अधिकतम २९ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् भने, बझाङको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवाहरुले अधिकतम ३३ लाख रुपैँया चुनावमा खर्च गर्न पाउने भएका छन् । यस्तै, डोटीको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले पनि अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

बैतडीको क्षेत्र नम्वर १ मा पनि उम्मेदवारहरुले ३३ लाख खर्च गर्न पाउने भएका छन् । उता, दार्चुलाको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले अधिकतम ३१ लाख रुपैँया खर्च गर्न पाउने भएका छन भने, बाजुराको क्षेत्र नम्वर १ मा पनि उम्मेदवारहरुले अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् ।

Karnali Traders

यसैगरी डडेल्धुराको क्षेत्र नम्वर १ मा रहेका उम्मेदवारहरुले पनि अधिकतम ३३ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले विगतदेखी उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेपनि वास्तिवक खर्चमा भनेधेरै अन्तर आउने गरेको जानकारहरुले औल्याएका छन् ।

चुनावमा दल तथा उम्मेदवारहरुले आयोगले सिमा निर्धारण गरेका खर्च रकम भन्दा बढी खर्च गर्ने, बढी तडकभडक गर्ने भएकाले कतिपय उम्मेदवारहरुले चुनाव लडनका लागि ऋण निकालेर भएपनि चुनाव लडने, आफनो जग्गा बेचेर पनि चुनावमा होमिने गरेको पाईएको छ । तथापी पछि गएर आफनो खर्च असुल्नका लागि भ्रष्टचार गर्ने, कालो धन कमाउन तर्फ लाग्ने गरेको समाजसेवी,जानकारहरुको भनाई रहेको छ ।

भीमदत्त नगरपालिका १८ का स्थानिय मानबहादुर साउदले सरकारले चुनावमा लाग्ने खर्च जती रकम निर्धारण गरेपनि उम्मेदवारहरुले आफना कार्यकर्ता तथा मतदाताहरुको लागि दोब्बर बढीले खर्च गर्ने गरेको पाईएको बताए । उम्मेदवारहरुमा जसरी पनि चुनाव जित्ने होडबाजी रहेको बताए ।

यसलाई नियमन गर्ने अनुगमन गर्ने निकाय पनि फितलो भएकाले सरकारले निर्धारण गरेको खर्चमा रहेर कसैले पनि चुनावमा खर्च गर्ने परिपाटी नरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँ र प्रदेशसभा सदस्यको निर्वाचनतर्फ एक लाख ५० हजार रपैयाँ खर्च गर्न पाउने भएका छन् ।

निर्वाचनमा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, छापा एवम् विद्युतीय माध्यममा प्रचार र कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनमा खर्च गर्न पाउँछन् । शुक्लाफाँटा खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.