
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय अगाडी चिकन स्टेसनको शाखा खुलेको छ ।
काठमाडौंमा ६ वर्षअगाडि खुलेको स्टेसनको महेन्द्रनगर शाखा ५८औं हो । काठमाडौंमा २७ शाखा छन् ।
स्टेसनले देशभर ७५० जनालाई रोजगारी दिएको छ ।


स्टेसनमा शाकाहारी परिकार पनि पाइने सञ्चालक पदम बैजले जानकारी दिए । महेन्द्रनगरमा पैंचो हस्पिटालिटीले फ्रेन्चाइजी लिएको हो । महेन्द्रनगर शाखाको सञ्चालकमा पदम बैज, परमानन्द भट्ट, प्रकाशदत्त भट्ट रहेका छन् ।
महेन्द्रनगरमा झण्डै १ करोडको लगानीमा पैचो हस्पिटलाटीका सञ्चालक बैजले बताए । स्टेसनका सेफ हेड कुमार चालिसेले ९० किसिमका परिकार पाइने बताए ।
स्टेसनको शाखालाई भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै सफलताको शुभकामना दिँदै प्रमुख बोगटीले स्टेसनको स्तरीय सेवाले पर्यटक आकर्षित हुने बताएका छन् । अभियान दैनिक
