सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा राष्ट्रिय गौरबका योजना आफ्नै पहलमा भएको भट्टको दाबी

73
Sana Kishan

अत्तरिया – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गौरवका योजना आफ्नै पहलमा सुरु भएका बताएका छन । निर्वाचन क्षेत्र नम्वर ४ (क) स्थित गौरिगगा नगरपालिका वडा नम्वर १ को मंगलपुरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले सो बताएका हुन ।

सरकारले सुदूरपश्चिममा देखाउनकै लागि ठुला ठुला योजना घोषणा गर्ने तर कार्यान्वयन नरेको बताउँदै उनले आफुले मन्त्री बनी सकेपछि कार्यान्वयमा ल्याएको बताए ।

Arus

उनले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाहा, दैजिछेला औधोगिक क्षेत्र, हरैया विशेष आर्थीक क्षेत्र, धनगढी अत्तरीया औधोगिक कोरीडोर, फस्फोरस उत्खनन लगाएतका योजना अगाढी बढाएको बताए ।

सुदूरपश्चिमका सबै नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउदै उनले उधोग स्थापना गरेर सुदूर मै रोजगारी ब्यवस्था गर्न खाजेको बताए । आफू मन्त्री हुँदा सुरु गरेका योजना यसै क्षेत्रका प्रधानमन्त्री हुँदा रोकिएको उनले आरोप लगाए ।

Karnali Traders

उनले देशमा संकट परेका बेला नेकपा एमालेको सरकारले महत्वपुर्ण भुमिका खेलेको बताउदै उनले नाका बन्दिको बेला देखि कारोना कालमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिम बहादुर देउवाले देश र राष्ट्रियता बचाउन एमाले जिताउनु पर्ने बताए । नेकपा एमालेको सरकारले भुमिहिन दलित, भुमिहिन सुकुम्वासि, अव्यवस्थित बस्तिलाई ब्यवस्थित गर्न खोज्दा अहिलेको सरकारले रोकेको बताए ।

उनले राष्ट्रघाति नागरीक बिधयक पास गरेर देशको राष्ट्रियता बेच्ने खोजेको बताउदै उनले यो सरकार जनता पक्षमा भन्दा पनि कालोवजारी र महङ्गि बढाएर जनताको ढाड सेकाउने काम गरेको बताए ।

कैलालिको गोदावरीमा घोषणा भएको राजधानि प्रधानमन्त्री शेर वहादुर देउवाले डडेल्धुरा र पुर्बमन्त्री वीर बहादुर बलायलले डोटी लैजाने घोषणा गरेको बताए । उनले राजधानी कता लैजाने भन्दै दुबै बिच प्रतिस्पर्दा भईरहेको बताए ।एमालेले गरेका काम देखेर अहिलेको गठबन्धन सरकार डराएको बताउदै सुदूरपश्चिम सरकारका पुर्वमन्त्री कृष्ण राज सुबेदीले एक्ला एक्लै निर्वाचन होमिदा हार्ने डरले गठबन्धन गरेको बताए ।
उनले यो गठबन्धन जनताको हित भन्दा पनि आफ्नो पद जोगाउन र दशलाई दुर्गतिमा पुर्याउन बनेको बताए। उनले राष्ट्रलाई बचाउन अपबित्र गठबन्धनलाई भत्काएर एमाले जिताउन आबश्यक रहेको बताए । गोदावरी न्युज

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.