पोखराः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको महिला १०० मिटर ब्याक स्ट्रोकमा आर्मीकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्। फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

गौरिकाले निर्धारित दुरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन्। नवौंमा गौरिकाको यो पहिलो स्वर्ण पदक हो। रजत विजेता एनआरएनएकी एस्लीले १ मिनेट ०८.७९ सेकेन्डको समय निकालिन। कास्य जितेकी आर्मीकी अनुसिया तण्डुकारले १ निनेट १३.८० सेकेन्डमा पूरा गरिन्। उनको पुर्ख्यौली घर सुदूरपश्चिमको बझाङ हो। दिनेश खबर









Discussion about this post