


कञ्चनपुर । कञ्चनपुर क्षेत्र २ मा बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा होमिएको छ । आइतबार बेदकोट नगरपालिका ७ पुतलीबजारदेखि बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा होमिएको हो ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर २बाट बाम लोकतान्त्रिक तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद, २(क) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार ओम विक्रम भाट.(सरल) र २(ख) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार बहादुर सिह थापा सहित काँग्रेस, माओवादीका नेता कार्यकर्ता सयुक्त रुपमा चुनावी प्रचारप्रसारमा होमिएको बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता तथा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य सिके भट्टले बताए । युवा नेता भट्टका अनुसार क्षेत्र २बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रय सायद, भाट र थापाले संविधानको रक्षा, दिगो विकास र क्षेत्रको सम्बृद्धिका लागि प्रतिबद्धता जाहेर गरेका छन । क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले एजेण्डा सहित अब निरन्तर प्रचारप्रसार गर्दै जाने नेता भट्टले बताए ।
प्रचारप्रसारमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सहभागि दलका नेता कार्यकर्ता उत्साहित भएका छन । दुर्ई दुई पटक संविधानको हत्या गरेर आफु राजतन्त्र ल्याउने पार्टीसंग चुनावी गठबन्धन गर्ने र अनि राष्ट्रियताका मुद्दा उठान गर्ने दल काँग्रेस, माओवादीको गठबन्धन बिरुद्धमा भ्रम सृजना गर्ने प्रतिगमन ल्याउने मतियार बिरुद्धमा जनतालाई सचेत गराईरहेको बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन ।
