सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेलम्बुमा नेपालकै लामो झोलुङ्गे पुल निर्माण, साहसिक खेल ‘बन्जी’ पनि संचालन हुने

69
Sana Kishan

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपालकै लामो झेलुंगेपुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हेलम्बु गाउँपालिका वडा नं. १ मा निर्माण भइरहेको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

Karnali Traders

‘हेलम्बुमा निर्माण भएको यो पुल सम्भवतः नेपालकै लामो हो, कुस्मा भन्दा पनि यो पुल लामो होला सायद’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘हेलम्बुमा निर्माण भएको यो पुलको लम्बाई ३७० मिटर र उचाई १७३ मिटर छ ।’ अध्यक्ष शेर्पाका अनुसार पुल निर्माणको काम लगभग सकिएको छ । अब पुलको छेउमा जाली लगाउन मात्रै बाँकी छ । यो पुल निर्माण सम्पन्न भएपछि यहि पुलबाट साहसिक खेल बन्जी पनि संचालन हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।

Arus

काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य रहेको हेलम्बुमा यो पुल निर्माणले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने शेर्पाको विश्वास छ । ‘काठमाडौँ बाट जम्मा ५५ किलोमिटरको दुरीमा रहेको हेलम्बु पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ हो’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘नेपालकै लामो झोलुंगेपुल समेत हाम्रो गाउँपालिकामा भयो, पर्यटकहरुको लागि अझै आकर्षकको गन्तव्य हुनेछ ।’ नेपालकै सबै भन्दा ठूलो खानेपानी आयोजना ‘मेलम्ची खानेपानी आयोजना’को मुहान समेत यसै पुलको आसपास पर्दछ । हेलम्बु ग्रेटट्रेलले चर्चामा रहेको यो ठाउँमा नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपछि झन् चर्चित बनेको छ । उपहार खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.