सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुर नगरपालिकाद्वारा डेढसय दिनमा गरेका कामकाज सार्वजनिक

60
Sana Kishan

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले डेढसय दिनमा गरेका कामकाज सार्वजनिक गरेको छ ।
शुक्रबार कृष्णपुर नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै गत बैशाखमा निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधी स्थानीय सरकारले डेढसय दिनमा गरेका कामकाज सार्वजनिक गरेको हो ।


कृष्णपुर नगरका मेयर हेमराज ओझाले एक सय ४५ दिनमा थुप्रै नीतिगत अन्य प्रशासनिक जनमुखी काम भएको बताए । मेयर ओझाले शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकतामा राखेर कामकाज गरेको बताए ।

Arus

चालु आर्थिक बर्ष २०७९÷०८०मा १ अर्ब १३ करोड, ९३ लाख बजेट ल्याउँदै कृषि, उद्योग, स्वास्थ्य र पर्यटनलाई मध्य नजर गरी तयार पारेको मेयर ओझाले बताए ।

गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४सै घण्टा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहित स्वास्थ्यकर्मी प्रबन्धन गरेर आयुर्वेद तर्फ समेत सेवा संचालन गरिएको बताए ।

‘गर्भवती सुत्केरी, बिरामी, असक्त एव आर्थिक रुपमा अति विपन्न नागरिकका लागि कैलाली कञ्चनपुरका अस्पतालमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ, ‘मेयर ओझाले भने, ‘वडामा सिफारिसमा आर्थिक रुपमा विपन्नलाई पनि सेवा प्रदान गरेका छौँ ।’

Karnali Traders

नगरका कुनै नागरिक बिरामी भई रगत आवश्यक भएको खण्डमा निःशुल्क रगत सेवा समेत प्रदान गरिएको छ । बर्थिङ सेन्टरमा निशुल्क २ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको छ ।

नगरका सामुदायिक विद्यालयको सुधार एव शैक्षिक बृद्धिका लागि आवश्यक समस्या अध्ययन गरेर बजेट व्यवस्थापन गरिएको छ । कृषि क्षेत्रको विकासका लागि किसान परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको बताउदै मेयर ओझाले बिउबिजन अनुदान व्यवस्था गरिएको बताए ।

अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि ४ नम्बर वडाबाट जमिन नापजाँच गरिएको छ । १, २ र ९ मा नापी कार्य जारी रहेको रहेको बताउदै मेयर ओझाले ७ र ८ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र पुर्जा दिने कार्यलाई वैधानिकता दिने कार्य गरिएको बताए ।

छाडा पशु चौपाया व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, नदी कटानी नियन्त्रण, जंगली जनावर आतङ्ग नियन्त्रण कार्य अघि बढाईएको बताए ।

‘कार्यालयको आन्तरिक सुशासनदेखि अन्य सबै योजना आर्थिक मसान्त सकिनु अघि जेठ मसान्तमै सक्ने योजना छ, ‘उनले भने, ‘आन्तरिक सुशासन र दिगो विकासमा म कटिबद्ध छु ।’

मेयर ओझाले नगरपालिकाले चालु आर्थिक बर्षका लागि आन्तरिक आम्दानी बृद्धिका लागि खोला नदीनालाबाट रोयल्टी संकलनका लागि अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राजस्व बृद्धि गरेको बताउँदै ईबिडिङ्ग मार्फत टेण्डर भएको र कुनै मिलोमतो नभएको दावि गरेका छन ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.