सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र : “प्रेम गीत ३ ” प्रदर्शन हुँदै

काठमाडौं । पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । भारतसहित विश्वका ३४ भन्दा बढी देशमा प्रदर्शनमा आएको ‘प्रेम गीत–३’ लाई पाकिस्तानमा पनि प्रदर्शन गर्न लागिएको हो ।

आगामी नोभेम्बर ४ ९कात्तिक १८० गते प्रदर्शन गर्ने तयारी गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । “नोभेम्बर ४ बाट प्रदर्शन गर्ने तयारी गरिएको छ । यही मितिमा प्रदर्शन गर्ने तयारीस्वरुप चलचित्रको सेन्सर पनि गरिएको छ,” ‘प्रेम गीत–३’का निर्देशकसमेत रहेका निर्माता सन्तोषले भने, “पाकिस्तानको सेन्सर बोर्डका एक सदस्यले सामाजिक सञ्जालमा अमेजिङ एक्सन एन्ड म्युजिक भनेर हाम्रो चलचित्रलाई भन्नु भएको छ । यसले हामीलाई थप उत्साही बनाएको छ ।”
पाकिस्तानमा यो चलचित्र उर्दु भाषामा डबिङ गरेर रिलिज गर्न लागिएको हो । नेपाल, भारतलगायत देशमा भने यो चलचित्र असोज ७ गतेबाट रिलिज भएको थियो ।

‘प्रेम गीत–३’ भारतबाट पनि राम्रो प्रतिक्रिया पाएको चलचित्र हो । भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डबिङ गरेर रिलिज गरिएको हो ।
नेपालमा हिन्दी र नेपाली दुवै भाषमा प्रदर्शन भइरहेको छ । उत्साहजनक व्यापार गरेको निर्माता सन्तोषले बताएका छन् । भारतमा नेपाली सिनेमाको ढोका खोल्ने पहिलो चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सन्तोष सेन र छेतेन गुरुङले यसलाई संयुक्त रूपमा निर्देशन गरेका छन् । बाह्रखरीबाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.