सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

125
Sana Kishan

टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ भारतमा भोलि अर्थात अक्टोबर १० बाट सुरु हुनेछ । यसको लागि २१ हजार भारुमा बुक गर्न सकिन्छ । सो कारको टेस्ट ड्राइभ डिसेम्बरको अन्त्यबाट सुरु हुनेछ ।

केही समय पछि यो नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपि नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस सम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

Arus

टियागो इलेक्ट्रिकको सुरुवातसँगै टाटा अब ८० नयाँ सहरमा प्रवेश गर्ने भएको छ । कम्पनीले आफ्नो ईभी नेटवर्कलाई १६५ भन्दा बढी शहरहरूमा विस्तार गर्दैछ ।

Karnali Traders

टियागो ईभीमा २ ब्याट्री प्याक १९.२ केडल्ब्युएच र २४ केडल्ब्युएचको विकल्प दिइएको छ । जसले क्रमशः ६१ पीएसको पावर÷१०४ एनएमको टर्क र ७५ पीएसको पावर÷११४ एनएमको टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक कारमा भएको १९.२ केडल्ब्युएच ब्याट्री प्याकले २५० किलोमिटरको रेन्ज र २४ केडल्ब्युएचको ब्याट्री प्याकले ३१५ किलोमिटरसम्मको रेन्ज दिन्छ । टाटाको यो इलेक्ट्रिक कारमा फोर–लेभल रिजेनेरेटिभ ब्रेकिङ र २ वटा ड्राइभ मोड सिटी र स्पोर्ट पनि समावेश गरिएको छ ।

सो कारमा ४ चार्जिङ विकल्पहरू १५ए सकेट चार्जर (८.७ घन्टासम्म), ३.३ किलोवाट एसी चार्जर (६.४ घन्टासम्म), ७.२ किलोवाट एसी चार्जर (३.३६ घन्टासम्म) र डीसीटी फास्ट चार्जर रहेको छ । डीसीटी फास्ट चार्जर मार्फत १० देखि ८० प्रतिशत चार्ज हुन ५७ मिनेट लाग्छ ।

भारतमा टाटा टियागो ईभीको मूल्य ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार भारु रहेको छ । नेपाल अटो बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.