
कञ्चनपुर : डोटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको जोरायल गाउँपालिका ५ सेलकुटीगाड बस्ने १८ वर्षीया छाया कुमारी भण्डारी मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी आफ्नो घर नजिक भुकुण्डीगाडमा आइतबार मृत अवस्थामा फेला परेकी थिइन् । नुहाउन गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
