
कञ्चनपुर– क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कार अभियोगमा उजुरी दिने किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।
काठमाण्डु जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएका लामिछानेले पीडित भनिएकी किशोरी नाबालिग नभएको न्यायाधीशलाई बताए । हिरासतमा रहेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो ।


उनलाई २० असोजमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । जाहेरीवालाको पटकपटकको आग्रहमा आफूले उनलाई भेटेको पनि लामिछानेले बताए । जाहेरीवाला स्वयंले उमेर १९ वर्ष बताएकाले उनी नाबालिग हुन नसक्ने तर्क लामिछानेले गरे ।
लामिछानेकी कानून व्यवसायी सुधा रिजालले उनलाई फसाउने नियतले किशोरीको दुईवटा जन्म दर्ता बनाइएको जिकिर गरिन् ।
क्रिकेट खेल्न बाहिर गएका बेला लामछिानेविरुद्ध एक किशोरीले गत २१ भदौमा गौशाला प्रहरीमा बलात्कार आरोपमा उजुरी दिएकी थिइन् ।काठमाण्डौं टुडे
